सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

'विश्वासको मत सम्बन्धमा स्पष्टीकरण सोधे ओलीलाई अपहेलना मुद्दा'

काठमाडौं – विश्वास मतसम्बन्धी विषयमा स्पष्टीकरण सोधिएको हो भने एमालेका अध्यक्ष केपी ओली शर्मासहितका नेताहरू अदालतको ‘अपहेलना र मानहानी’मा पर्ने जिकीर वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूले गरेका छन् ।

‘मैले यतिखेरसम्म कुनै स्पष्टीकरण पत्र पाएको छैन’ संसदमा शेरबहादुर देउवालाई विश्वासका मत दिएका २२ मध्येका एक एमाले सांसद विरोध खतिवडाले इकागजसँग भने, संसदमा विश्वासको दिएको कारण जनाउँदै स्पष्टीकरण सोधिएको हो भने सर्वाेच्च अदालतको परमादेश बमोजिम त्यो गर्नै मिल्दैन ।’

उनले आफूहरूलाई के विषयमा स्पष्टीकरण सोधिएको छ भन्ने थाहा नभएको बताए । उनले भने, ‘पहिला स्पष्टीकरण हेर्नुप¥यो, त्यसपछि मात्रै स्पष्टीकरण दिने÷नदिने तय हुन्छ । त्यसबारे केही बोल्न पनि त्यो स्पष्टीकरण हेर्न पाउनुप¥यो ?’

उता एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आजै देउवालाई मत दिने २२ जनालाई घन्टाभित्र स्पष्टीकरण मागिएको बताएका थिए । खतिवडाले भने, ‘विश्वासको मतसम्बन्धी विषयमा स्पष्टीकरण सोधिएको हो भने तिनीहरुले सर्वाेच्च अदालतको परमादेशको अपहेलना गरेको ठहर्छ, अध्यक्षसहित नेताहरु कारबाहीमा पर्छन् ।’

‘स्पष्टीकरणसम्बन्धी न फोन आएको छ, न म्यासेज नै । न लिखित आएको छ, न मौखिक नै’ खतिवडाले भने, ‘विश्वासको मत दिनुभन्दा बढी मैले पार्टी हित विरोधी कुनै काम गरेको छैन । त्यसमा स्पष्टीकरण सोध्न नै मिल्दैन । अर्को त यदि मैलै पार्टी हितविपरीत काम गरेको भए उहिल्यै पार्टीबाट निस्काशन गरिसक्थे । एमालेले पार्टीबाट ननिकाल्नुको अर्थ नै पार्टी हितविपरीत काम गरेको छैन भन्ने हो ।’