सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन
_sGl94IEkeu_zt7powlwtqrx9cb6v5gojjmvr4k5qnkphq5o0rugcq0xytkp9pljkgvtxr3i_qHtKtmYbtW_9atx9k5ywweesck6cmxeet6epdheulk0veikev8ma0vpa2nxww0udoxwopid.jpeg)
दमौली (तनहुँ)- साउनको पहिलो सोमबार तनहुँको देवघाटमा ३५ हजार भक्तजन स्नान तथा पूजाअर्चनाका लागि आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको साउनको पहिलो सोमबारको तुलनामा बढी रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
अघिल्लो वर्षको पहिलो सोमबार २५ हजार भक्तजन आएकामा यस वर्ष ३५ हजार भक्तजन बोलबम मेला भर्न आएका समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । उहाँका अनुसार देवघाटमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।
साउनमा त्रिशूली र कालीगण्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको बरालले बताए । नदी किनारमा बिजुली बत्तीको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि डोरीसहितको दुई वटा डुङ्गाको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
त्यसैगरी, मेलाअघि प्रत्येक आइतबार र मेला पछि प्रत्येक मङ्गलबार वेणी सङ्गममा सरसफाइ गर्ने पनि बरालले बताए । मेलामा आउने भक्तजनको सुरक्षाका लागि साउन महिनाभर इलाका प्रहरी कार्यालय देवघाटमा प्रहरी जनशक्ति थप गरिएको छ ।
चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा मनाइने बोलबम मेलामा देशविदेशबाट हजारौँ भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले बताए ।

एक वर्षमा घोडेपानी-पुनहिलमा ३० हजार पर्यटकको आगमन

नमूना पशुपक्षी अस्पताल भवन निर्माण अधुरो

गोरखामा एक वर्षमा ७० किलोमिटर सडक कालोपत्र

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

प्रतिक्रिया