एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य, डिजिटल भुक्तानीमा आकर्षण छुट

काठमाडौँ - एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बीच यस बैंकका ग्राहकहरूको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।
ग्राहकहरूले सर्जरी प्रोडर्समा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, माइनर इन्भेस्टिगेसन र अप्टिकल÷लेन्समा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकहरूले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँगको यस सहकार्यले ग्राहकहरूको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

एन आई सी एशिया बैंक २८ औं वर्षमा प्रवेश

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

कामना सेवा विकास बैंक बिपिए अवार्ड २०२४ (गोल्ड) बाट सम्मानित

एन आई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य, ग्राहक महानुभावह…

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा वि…

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

प्रतिक्रिया