कांग्रेसका पूर्वपदाधिकारीहरूको निष्कर्षः वर्तमान सरकारले गठबन्धनको भावअनुसार काम गर्नुपर्छ

नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरुले वर्तमान सरकारले गठबन्धनको भावअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री समेत रहनुभएका कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको कांग्रेसका पूर्वपदाधिकारीको छलफलले अहिलेको सरकार एमाले–कांग्रेस गठबन्धन मिलेर बनेकाले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले जानकारी दिए । अहिलेको गठबन्धन ८४ को निर्वाचनसम्मै जाने भएकाले विश्वासको आधारमा काम गर्नुपर्ने उनले बताए ।
सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्नुपर्छ भनेर नेता सिंहलाई भनेको र सिंहले यस बिषयमा प्रधानमन्त्रीसंग कुरा गर्ने सिटौलाले बताए । त्यस्तै उनले कांग्रेस एमालेबिचको सात बुँदे सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भनिएपनि अझै सुरु हुन नसकेको भन्दै अब संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए ।
नेताहरुबीच भएको छलफलका बारेमा पार्टी सभापति शेरबहादुर देउवालाई समेत भेटेर जानकारी गराउने सिटौलाको भनाइ छ । छलफलमा नेता सिंह, सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा.शशांक कोइराला र डा प्रकाशशरण महत सहभागी थिए ।

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

पार्टीको सिद्धान्त बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्छः सभापति देउवा

चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका शिर्ष नेताको चियापान

प्रतिक्रिया