पार्टीमा मतभेद नभएकाले एकताबद्ध भएर अगाडि बढ्न अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा कुनै मतभेद नभएको भन्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पाटी कार्यालय च्यासलमा सोमबारबाट सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्णायक शक्ति बनाउने गरि मिसन ८४ को तयारी गर्नुपर्ने भएकाले एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
उनले कुनै विषयवस्तु राख्नुपर्ने भए पार्टीको बैठकमा खुलस्त राख्न समेत निर्देशन गरेका थिए । अध्यक्ष ओलीले अहिले एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेकाले यसका विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
त्यस्तै पार्टी फुटाउने वा बिभाजन गर्ने तत्वहरुबाट पार्टीलाई जोगाउनका लागि सिंगो पंक्ति एकतावद्ध भएर लाग्न समेत अध्यक्ष ओलीले अपिल गर्नुभएको गौतमले बताए । प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा नै अध्यक्ष ओली र भण्डारीबीच पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको जिकिर गरे ।
सो क्रममा खुल्ला र खुलस्त ढंगले छलफल भएको र पार्टी सदस्यताका बिषयलाई केन्द्रीय कमिटीले निर्णय गरेर अन्तिम टुङ्गो लगाउने अध्यक्ष ओलीले बैठकमा जानकारी गराएका थिए । केन्द्रीय कमिटी बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, संगठनात्मक प्रस्तावको तयारी, विधान महाधिवेशनको व्यवस्थापकीय काम र समसामयीक विविध प्रस्तावहरुमाथि छलफल जारी रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
प्रस्तावित विधानका बारेमा सदस्यहरुलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइएको र बैठक मंगलबारसम्म चल्ने गौतमले बताए । विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइएको छ । केन्द्रीय कमिटी बैठकबाट पारित भएपछि विधान संशोधनसम्बन्धी प्रस्तावलाई विधान महाधिवेशनमा प्रस्तुत गरिने एमालेले जनाएको छ । आगामी भदौ २० देखि २२ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ ।

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

पार्टीको सिद्धान्त बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्छः सभापति देउवा

कांग्रेसका पूर्वपदाधिकारीहरूको निष्कर्षः वर्तमान सरकारले गठबन्धनको भावअनुसार क…

चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका शिर्ष नेताको चियापान

पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

प्रतिक्रिया