सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय समिति बैठक आजवाट सुरू हुँदैछ ।

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरू हुनेछ ।

मुख्यतयाः विधान अधिवेशनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रीय समिति बैठकको मुख्य अजेन्डा हुनेछ ।

यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।

तर, पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नविकरण भने ‘पेन्डिङ’ मा राखेको जनाएपछि अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइएपछि हिजो दुवै नेताबीचमा च्यासलस्थित कार्यालयमा भेटघाट र छलफल भएको थियो ।

सो छलफलको खास कुरा बाहिर नआए पनि ओली भने भण्डारीलाई जसरी पनि रोक्ने पक्षमा देखिएका छन् । सो बिषयमा पनि आजको केन्द्रीय समिति बैठकमा छलफल हुने बुझिएको छ ।