भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि २६ सम्म बेलायत र माल्दिभ्सको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
माल्दिभ्सका प्रधानमन्त्री मोहम्मद मुइज्जुको निमन्त्रणामा माल्दिभ्सको राजकीय भ्रमण र बेलायतका प्रधानमन्त्री केइर स्टारमरको निमन्त्रणामा प्रधानमन्त्री मोदीले बेलायतको भ्रमण गर्न लागेका हुन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीको यो चौथो बेलायत भ्रमण हुनेछ । उनले आफ्ना बेलायती समकक्षीसँग भारत–बेलायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे विस्तृत छलफल गर्नेछन् । उनीहरूले क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि विचार आदानप्रदान गर्नेछन् ।
प्रधानमन्त्री मोदीले बेलायतका राजा चाल्र्स तृतीयसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा दुवै पक्षले व्यापार र अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, रक्षा र सुरक्षा, जलवायु, स्वास्थ्य, शिक्षा र जनस्तरको सम्बन्धमा विशेष ध्यान केन्द्रित गर्दै विस्तृत रणनीतिक साझेदारी (सिएसपी) को प्रगतिको समीक्षा गर्ने विदेश मन्त्रालयले जनाएको छ ।
भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले माल्दिभ्स गणतन्त्रका राष्ट्रपति डा मोहम्मद मुइज्जुको निमन्त्रणामा जुलाई २५ र २६ मा माल्दिभ्सको राजकीय भ्रमण गर्नेछन् । प्रधानमन्त्रीको माल्दिभ्सको यो तेस्रो भ्रमण हो भने डा. मोहम्मद मुइज्जुको अध्यक्षतामा कुनै पनि राष्ट्र वा सरकार प्रमुखको माल्दिभ्सको पहिलो भ्रमण हुनेछ ।
सन् २०२५ को जुलाई २६ मा माल्दिभ्सको स्वतन्त्रताको ६० औँ वर्षगाँठको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री मोदी ‘गेस्ट अफ अनर’ हुने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले डा मोहम्मद मुइज्जुसँग भेटवार्ता गर्नुका साथै पारस्परिक हितका विषयमा छलफल गर्नेछन् । दुवै नेताले अक्टोबर २०२४ मा माल्दिभ्सका राष्ट्रपतिको भारत भ्रमणका क्रममा अपनाइएको ‘व्यापक आर्थिक र सामुद्रिक सुरक्षा साझेदारी’ का लागि भारत–माल्दिभ्स संयुक्त दृष्टिकोणको कार्यान्वयनको प्रगतिको पनि समीक्षा गर्नेछन् ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो भ्रमणले आफ्नो सामुद्रिक छिमेकी माल्दिभ्सलाई भारतले दिएको महत्वलाई प्रतिबिम्बित गर्दछ । यसले भारतको ’छिमेक पहिलो’ नीति र भिजन महासागरमा विशेष स्थान ओगटेको छ । यो भ्रमणले दुवै पक्षलाई घनिष्ठ द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउने अवसर प्रदान गर्नेछ ।” (एएनआई)

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_vcvXiTsjDO_9cppfunubuzgizwkeo85nhqsilwjefdog9cylnc11cp1qlpbdtpgu0lt7tiv.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया