सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

इस्लामाबाद- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार भएका दुई अलग–अलग सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।
पहिलो दुर्घटना ठट्टा जिल्लामा भएको हो, जहाँ तीव्र गतिमा गइरहेको एक बस अनियन्त्रित भएर पल्टिँदा ६ जनाको ज्यान गएको छ र २० भन्दा बढी घाइते भएका छन् । उक्त बसमा पिकनिक मनाउन गएका यात्रुहरू सवार थिए ।
दोस्रो दुर्घटना खैपुर जिल्लामा भएको हो । कराँचीबाट मनसेहरातर्फ जाँदै गरेको एक यात्रुबाहक बस राष्ट्रिय राजमार्गमा पल्टिँदा चार जनाको मृत्यु भएको र महिलासहित ४० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । (सिन्ह्वा)

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_7z4RBpS93N_nzhb3gqmfb4spuyebqbxxv9q5rsegvntj7rdgmb1l1xu2konrbdlub1xnufb.jpg)
इक्वेडरको पर्यटकीय सहरमा पुल बारमा गोली हानी नौ जनाको हत्या

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

प्रतिक्रिया