शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक विवाद चरम हुँदै गएको छ । राजावादी आन्दोलनबाट उत्साहित भए पनि अन्ततः आन्तरिक संघर्षका कारण राप्रपामा विवाद चरम भएको हो । सोही क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।