ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

लण्डन- ज्यागुअर ल्याण्ड रोभरले बेलायतमा व्यवस्थापकीय जिम्मेवारीका करिब ५०० रोजगारीका अवसरलाई कटौती गर्नेभएको छ ।
कर वृद्धिको समस्या देखाउँदै गत अप्रिलदेखि संयुक्त राज्य अमेरिकामा आफ्नो कारको निर्यात रोकेको भारतीय स्वामित्वको ज्यागुअर ल्याण्ड रोभरले बेलायतमा रहेका करिब ५०० कर्मचारी कटौती गर्ने बताएको हो ।
स्वेच्छिक रिडन्डन्सीमार्फत गरिने कटौती बेलायतमा रोभरको श्रमशक्तिको कुल १.५ प्रतिशत रहेको एक विज्ञप्तिमा उल्लेख छ ।
“सामान्य व्यावसायिक अभ्यासको भागको रूपमा हामी नियमित रूपमा योग्य कर्मचारीहरूलाई सीमित स्वैच्छिक रिडन्डन्सी कार्यक्रममार्फत कम्पनीबाट बिदा हुने अवसर प्रदान गर्दछौं,” कम्पनीका प्रवक्ताले भने ।
भारतीय कम्पनी टाटा मोटर्सको स्वामित्वमा रहेको कम्पनीले राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिको प्रतिक्रियास्वरूप अस्थायी रूपमा अमेरिकामा ढुवानी रोकेपछि बिक्रीमा तीव्र गिरावट आएको रिपोर्ट गरेपछि यो समाचार आएको हो।
रोभरको खुद्रा बिक्री गत वर्षको सोही अवधिको तुलनामा जुनको अन्त्यसम्मको तीन महिनामा १५ प्रतिशतभन्दा बढीले घटेको छ ।
ज्यागुअरको बिक्रीलाई बेलायतमा यसको विरासत धान्ने वाहनहरूको योजनाबद्धरूपमा विभिन्न चरणमा पूराना मोडेल र उत्पादनलाई हटाईइलेक्ट्रिक मोडेलहरू ल्याउने तयारी गरेको छ ।
कम्पनीको ‘अटोमोटिभ व्यापार संस्था (एसएमएमटी)’ ले गत महिना संयुक्त राज्य अमेरिकामा बेलायती कार निर्यात मे महिनामा ५५ प्रतिशतभन्दा बढीले घटेको बताएको थियो तर बेलायत र अमेरिकाबीच हालै भएको व्यापार सम्झौताले बिक्रीमा सुधार ल्याउन मद्दत गर्ने उल्लेख गरेको छ ।
लण्डन र वासिङ्टनबीच भएको सम्झौताअनुसार बेलायती कार निर्यातमा वार्षिक एक लाख सवारी साधनको सीमामा २७.५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएको छ । (एएफपी)

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

दक्षिण सिरियामा हिंसामा ५०० भन्दा बढीको मृत्यु
बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

प्रतिक्रिया