किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

ठमेलस्थित म्युजियम अफ नेपाली आर्टमा किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु भएको छ । आगामी सेप्टेम्बरसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रत्येक दिन विहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकन गर्न पाइनेछ । प्रदर्शनीको उद्घाटनमा एक सयभन्दा बढी कलाप्रेमीहरुको उपस्थिति थियो । चित्रकला अवलोकनपछि प्राडा अभि सुवेदीले आफूले कैयौँ पटक मानन्धरका चित्रकलाबारे समीक्षा लेखेको उल्लेख गर्दै किरण मानन्धरका चित्रकलामा आफूले लचकता पाउने गरेको बताए ।
“किरण मानन्धरका चित्रकलामा ‘ब्रस स्ट्रोक’ निकै कलात्मक देखिन्छन्, रङ्गको मिश्रण बजोड हुन्छ, चित्र हेर्दा सुमधुर सङ्गीत झैँ लाग्छ”, उनले भने , “मैले उहाँका कैयौँ चित्रकला हेरेको छु, उहाँ नेपालको सम्भवतः सबैभन्दा बढी चित्र कोर्ने कलाकारमा पर्नुहुन्छ, उहाँका सृजनामा प्रत्येक पटक नयाँपन भेट्छु, आज पनि नयाँपन पाएँ ।”
एनसेल फाण्डेसनको सहकार्यमा सुरु प्रदर्शनीमा कलाकार किरण मानन्धरले अवलोकनकर्तासँग साक्षात्कार गर्दै अनुभव सुनाए । उनले यसप्रकारका प्रदर्शनीले नेपाली कला र संस्कृतिको प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। विशेष गरी नयाँ पुस्तामा ज्ञान, सीप र कला हस्तान्तरणमा यसले भूमिका खेल्ने उनको भनाइ छ ।
“मैले यसप्रकारका प्रदर्शनी कैयौँ पटक आयोजना गरेको छु, यसबाट दर्शकहरुसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै कला र संस्कृतिबारे ज्ञान साट्ने अवसर प्राप्त हुन्छ”, उनले भने ।
प्रदर्शनीमा मानन्धरले विभिन्न कालखण्डमा कोर्नुभएका चित्रकला अवलोकन गर्न पाइने आयोजक म्यूजियम अफ नेपाली आर्टका प्रमुख क्युरेटर राजन शाक्यका बताउनुभयो । नेपाली कला र संस्कृति, परम्परा, धर्म, महिला तथा प्रकृतिसँग सम्बन्धित विभिन्न चित्रकला प्रदर्शनीमा राखिएका छन् । अवालोकनकर्ताले प्रदर्शनी अवलोकनका साथे चित्रकला खरिद समेत गर्न सक्नेछन् ।
त्यस अवसरमा चित्रकलाहरुको संगालो भएको पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

प्रतिक्रिया