रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट कार्यविधि तयार गरेको छ । पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर रास्वपा प्रवक्ता मनिष झाले अव देखि रास्वपाका तर्फबाट हुने उम्मेदवार छनोटका लागि कार्यविधि तयार गरिएको जानकारी दिए ।
आगामी दिनमा कार्यविधि अनुसार नै उम्मेद्वार चयन गरिने उनले बताए । उनले कोटको खल्तिबाट उम्मेदवारको नाम निकाल्ने भन्दा पनि सवैलाई न्याय हुने गरि उम्मेदवार चयन गर्ने परम्परा सुरु गर्न खोजिएको धारणा राखे ।
त्यस्तै रास्वपाले असार ७ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियान कम्तिमा एकसय दिन चल्ने जनाएको छ । हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितिले अभियानको नेतृत्व गरेको भन्दै हस्ताक्षर अभियानका संयोजक दीपक बोहराले साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पु¥याउन घरदैलो गर्ने जानकारी दिए ।
अब नेपाल–भारत सीमा नाकाका मुख्य विन्दू (काकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिने रास्वपाले जनाएको छ । हालसम्म २४ लाख ५७ हजार ६ सय १८ हस्ताक्षर संकलन भएको रास्वापाले जानकारी दिएको छ ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

प्रतिक्रिया