बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि गत आइतबार प्रस्ताव गरेको बजेट आज नगरसभाबाट पारित भएको छ । कामपाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो । 

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहलले ल्याउनुपर्ने समयसीमाभन्दा ढीला गरी कामपाले रु २५ अर्ब  ७६ करोड ४३  लाख ४१ हजारको बजेट प्रस्ताव गरेको थियो । पारित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा रु ५१ प्रतिशत रहेको छ भने पूर्वाधारपछि सामाजिक विकासतर्फ २० प्रतिशत, कार्य सञ्चालन तथा प्रशासनिकतर्फ रु १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२ प्रतिशत  र आर्थिक विकासको लागि ३ प्रतिशत बजेट ल्याइएको छ ।