देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले देशमा आशा सञ्चार गर्ने वातावरण नाश भएर गएकाले प्रतिभावानहरु पलायन हुने होकी भन्ने खतरा रहेको बताएका छन् । मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको बिभिन्न पुरस्कार वितरण कार्यक्रममा मन्त्री पाण्डले देश र समाजका लागि योगदान दिनेहरुले तथ्य र सत्यका आधारमा देशमा आशा सञ्चार गर्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिए ।
उनले नेपालमा भएका धेरै सम्पदाहरुलाई विश्वभर चिनाउन सके धेरै भन्दा धेरै पर्यटकहरु भित्राउन सकिने धारणा राखे । त्यस्तै मन्त्री पाण्डेले बिनासकारी भूकम्पबाट क्षति भएका ऐतिहासिक स्थलहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।
संस्कृति सवै समाजको प्राणतत्व भएकाले सवैले आ–आफ्नो कला संस्कृतिको जगेर्नामा ध्यान दिन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा मन्त्रालयले एकलाख राशीको आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार प्राडा रामप्रसाद ज्ञवाली, दुई लाख राशीको इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार बेलायतका डा जोन ह्वेल्पटन, गोपालप्रसार रिमाल पुरस्कार भरत भण्डारी र किरण राई, शताव्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्राडा वीणा पौड्याल र सिद्धिचरण परस्कार प्राडा देवीप्रसाद नेपाललाई प्रदान गरेको थियो ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

साउन १६ लाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने सरकारको निर्णय

प्रतिक्रिया