नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

भारतको उत्तर प्रदेश राज्य अन्तर्गत बलरामपुर जिल्लामा आतंकवाद विरोधी दस्ता एटीएसले पक्राउ गरिएका छांगुर बाबासम्बन्धी नयाँ खुलासा हुँदै गइरहेका छन्। पछिल्लो अनुसन्धानमा थाहा भएको छ कि उनले नेपाल सीमा नजिकका गाउँहरूमा इस्लामिक मूभमेन्ट फैलाउने र धर्म परिवर्तनका केन्द्रहरू खोल्ने गम्भीर योजना बनाइरहेका थिए। यसका लागि उनले करिब १० करोड भारु (झन्डै १६ करोड नेपाली रुपैयाँ) खर्च गर्ने तयारी गरेका थिए।
सूचना अनुसार छांगुर बाबाले नेपाल सीमासँग जोडिएका ४६ गाउँका युवाहरूलाई लक्ष्य बनाएर आफ्नो नेटवर्क विस्तार गर्न खोजेका थिए। उनले युवाहरूलाई कट्टर सोचतर्फ आकर्षित गर्न जलसा र प्रवचनमार्फत प्रभाव पार्ने प्रयास गर्दै आएका थिए। त्यस क्रममा उनीहरूले पर्चा बाँडेर युवाहरूको मानसिकता बुझ्ने प्रयाससमेत गरेका थिए।
धेरै युवाहरूलाई आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तनतर्फ उक्साउने रणनीति रहेको एटीएसको दाबी छ। विदेशबाट निरन्तर पैसा प्राप्त भइरहेकाले सन् २०२० पछि छांगुर आर्थिक रूपमा एकदमै सशक्त बनेका थिए। सन् २०१५ सम्म पुरानो बाइक चढेर औंठी र रत्न बेच्ने व्यक्ति अहिले लग्जरी गाडी चढ्न थालेको देखिन्छ। उनको नजिकका व्यक्तिहरूको सम्पत्ति पनि आश्चर्यजनक रूपमा बढेको भारतीय मीडियाहरुले उल्लेख गरेको छ।
नेपालमा पनि सञ्जाल विस्तार गर्ने प्रयास
भारतीय सुरक्षा निकायले बताएका छन् कि छांगुरले नेपालभित्र पनि आफ्नो प्रभाव जमाउने प्रयास गरिरहेका थिए। सीमावर्ती क्षेत्रको कमजोर आर्थिक अवस्थालाई प्रयोग गर्दै उनले युवाहरूमा धर्म परिवर्तनको विचार विस्तार गर्ने योजना बनाएका थिए।
सरकारी जमिन कब्जा गर्ने खेल
छांगुरले भारतको उतरौला क्षेत्रमा ताल, चरन भूमि र खलिहान जस्ता सार्वजनिक सम्पत्तिमा समेत कब्जा गर्ने प्रयास गरेको खुलासा भएको छ। एक तालको जमिन सरकारी कर्मचारीको सहयोगमा आफ्नो नाममा पास गराई पछि एक करोड भारुमा नीतू रोहरा नामक व्यक्तिलाई बेचेको पाइएको छ। नगरपालिकाका कर्मचारीले तालको जमिन पाटिएको रिपोर्ट समेत प्रशासनलाई बुझाएको तथ्य सार्वजनिक भएको छ।
सञ्जालमा १८ जना आरोपी, अनुसन्धान अझै जारी
छांगुर बाबा विरुद्ध सन् २०२४ को अगस्टमा पहिलोपटक एफआईआर दर्ता गरिएको थियो। तर, आठ महिनासम्म अनुसन्धान मात्र चलिरह्यो। सन् २०२५ को अप्रिलमा उनका छोरा र सहयोगी नवीन रोहरालाई पक्राउ गरेपछि छांगुरको नेटवर्क कमजोर हुन थालेको थियो।
हाल छांगुर बाबा एटीएसको रिमाण्डमा छन् र थप दुई दिनसम्म उनीमाथि सोधपुछ चल्नेछ। सुरक्षा अधिकारीहरूका अनुसार अझै ठूला खुलासाहरू हुने सम्भावना छ। छांगुर बाबा जस्तो व्यक्ति सीमावर्ती भेगमा धार्मिक कट्टरता फैलाउने प्रयासमा लागेको घटना नेपालका लागि पनि गम्भीर चेतावनी हो। नेपाल–भारत सीमा खुला रहेको र सुरक्षा निगरानी कम रहेको अवस्थाले यस्ता गतिविधिहरू सजिलै फैलिन सक्छन्।
धार्मिक उन्माद र आर्थिक प्रलोभनमार्फत युवाहरूलाई प्रभावित पार्ने रणनीति दीर्घकालीन रूपमा समाजमा द्वन्द्व र अस्थिरता ल्याउने खालको हुन्छ। यस्तो अवस्थामा नेपाल सरकारले पनि सीमावर्ती क्षेत्रमा निगरानी कडा गर्न, शिक्षा र रोजगारीका अवसरहरू विस्तार गर्न र कुनै पनि प्रकारको कट्टर सोच फैलन नदिने रणनीति अपनाउन जरुरी देखिन्छ।
यस अघी भारत उत्तर प्रदेशको चर्चित र विवादास्पद पात्र छांगुर बाबा (असली नाम, जलालुद्दीनं विरुद्ध चौंकाउने खुलासा भएको थियो। मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा एटीएस र प्रवर्तन निदेशालय, ईडीको संयुक्त अनुसन्धानले बाबा र उनको गिरोहले बिदेशबाट मगाएको करोडौं रुपैयाँको खुलासा गरेको छ।
नेपालमार्फत अरब देशहरूबाट ३०० करोडभन्दा बढी विदेशी रकम भारत ल्याएर बाबाले ठूलो स्तरको धार्मिक रूपान्तरण अभियान सञ्चालन गरेको पुष्टि गरेको छ। पाकिस्तान, दुबई, साउदी अरब, टर्की लगायत देशहरूबाट अवैध रूपमा पैसा नेपाल हुँदै भारत पठाइन्थ्यो भनेर भारतीय सञ्चामाध्यमहरुले उल्लेख गरेको छ।
भारतीय मिडियाका अनुसार नेपालका बैंक प्रयोग गरिएको छ । काठमाडौं, नवलपरासी, रुपन्देही, बाँके लगायतका सीमावर्ती जिल्लाका १०० भन्दा बढी बैंक खाताबाट पैसा भारतीय खातामा सारिएको थियो। सीमावर्ती क्षेत्रका सट्टावाला र एजेन्टहरूमार्फत नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रूपान्तरण गराएर धर्म परिवर्तनका लागि प्रयोग गरिएको थियो ।
बाबाको निशानामा हिन्दू महिला र गरीब वर्गः जबरजस्ती, डरधम्की र आर्थिक प्रलोभन देखाएर हजारौं व्यक्तिलाई इस्लाम धर्ममा परिवर्तन गराइएको आरोप लागेको छ। धर्म परिवर्तन गराउन जातीय ‘रेट कार्ड’को खुलासा भएको छ । जसअनुसार ब्राह्मण र क्षत्रिय जातिको लागि प्रति ब्यक्ति भारु १५–१६ लाख रुपैयाँ, पिछडावर्ग (ओबीसी)का लागि, १०–१२ लाख रुपैयाँ, दलित लगायत अन्य जाति ८–१० लाख रुपैयाँ दिइने गरिएको थियो । प्रारम्भिक अनुमान अनुसार १५०० भन्दा बढी महिला र हजारौं मानिसहरूलाई धर्म परिवर्तन गराइ सकिएको आशंका गरिएको छ।
छांगुर बाबाको ५ करोडको भव्य हवेली, जसमा निजी पावर स्टेशन, विदेशी मार्बल र अत्याधुनिक सुरक्षा प्रणाली थिए , युपिका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा प्रहरी प्रशासनले उनै बाबाको भवनमा अहिले बुलडोजर लगाएर भत्काएको छ।
प्रवर्तन निदेशालयले भारतीय रुपैयाँ १०० करोडभन्दा बढीको मनी–लन्डरिङ मुद्दा दर्ता गर्दै अनुसन्धान तीव्र पारेको छ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

प्रतिक्रिया