बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

काठमाडौँ- बिराटनगर किंग्सले यो सिजनका लागि हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँलाई पुनः आफ्नो आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पाएको छ । गत वर्षको सफल सहकार्यपछि, नेपालको एक प्रिमियम हस्पिटालिटी ब्रान्डसँग पुनः सहकार्य गर्दै अगाडि बढ्न पाउँदा टिमले सकारात्मक अपेक्षा लिएको जनाएको छ।

राजधानीको मुटुमा अवस्थित हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँ आफ्नो अत्याधुनिक आराम, उत्कृष्टसेवा र स्थानीय संस्कृतिको झल्को दिने आकर्षक वातावरणका लागि प्रसिद्ध छ। यो सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रको उत्कृष्टतालाई सँगै अघि बढ्ने साझा दृष्टिकोण प्रस्तुत गरेको छ।

यस सहकार्यको अंश स्वरूप, बिराटनगर किंग्सका खेलाडी, अफिसियलहरू तथा महत्वपूर्ण पाहुनाहरूले प्रतियोगिता अवधिभर प्रिमियम हस्पिटालिटी अनुभवगर्न पाउने छन्। होटलको सेवामा देखिने निष्ठा र सुस्पष्ट व्यवस्थापनले मैदान बाहिरको समयलाई सहज र सन्तुलित बनाउने विश्वास लिइएको जनाएको छ।

बिराटनगर किंग्सका व्यवस्थापनले भने, “हामीहायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँसँग पुनःसहकार्य  गर्न पाउँदा खुसीछौं। वहाँहरूबाट गत सिजनमा प्राप्त आतिथ्यता, पेसागत सेवा र समर्पण प्रशंसनीय  थियो। यसले हाम्रो टिममा सकारात्मक माहोल सिर्जना गरेको थियो। हामी यो वर्ष पनि सँगै काम गर्न आतुर छौं।”