बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

काठमाडौँ- त्रिपुरेश्वरमा अवस्थित श्री विश्व निकेतन माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट सम्मानित भएको छ । मंगलबार केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको दोस्रो संस्करणको कार्यक्रमबाट शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानले उक्त विद्यालयलाई सम्मान गरको हो ।

सामुदायिक विद्यालयकै उत्कृष्ट विद्यालयका रूपमा चिनिने उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ल्याएको उत्कृष्ट अंकको आधारमा सम्मान गरेको केन्द्रबिन्दुले जनाएको छ ।