वैदेशिक रोजगारमा जानेले जोनसन एण्ड जोनसनको खोप पाउने

काठमाडौँ : सरकारले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकलाई कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप उपलब्ध गराउने भएको छ । जोनसन एण्ड जोनसन खोप अनिवार्य गरेको मुलुकमा जानेलाई मात्र उक्त खोप लगाइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाउने व्यक्तिले साथमा भिसा र पासपोर्ट बोकेर जानुपर्छ ।
कतारले जोनसन एण्ड जोनसनको खोप लगाएका व्यक्तिले कतार प्रवेश गर्दा क्वारेन्टिन नबस्नुपर्ने भएको छ । कुवेत प्रवेशमा जोनसन खोपलाई अनिवार्य गरेको छ ।कोभिडविरुद्धको खोप लगाउन नपाउँदा करिब ३० हजार मानिस वैदेशिक रोजगार जानबाट वञ्चित भएको वैदेशिक रोजगार व्यवसायी महासंघले बताउँदै आएको छ ।
सोमबार देखि देशभरका विभिन्न स्थानमा जानसिन खोप लगाउन थालिएको छ । अमेरिकाले केही साता अघिमात्र कोभ्याक्समार्फत उक्त खोप लगाएको थियो । सरकारले अपांग, शरणार्थी र ५० देखि ५४ वर्ष माथिका मानिसलाई खोप लगाउने मिति सार्वजनिक गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी महासंघले वैदेशिक रोजगारमा जानेलाई जानसिन खोप उपलब्ध गराइदिन सरकारसँग माग गरेका थिए ।

गैर आवासीय नेपाली संघ दक्षिण सुडानको तेश्रो अधिबेशन सम्पन्न

इटहरीका गिरीको एनआएरन अष्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य पदमा उ…

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

प्रतिक्रिया