दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

काठमाडौँ- गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा व्यापारिक फर्ममाथि कारबाही गरेको छ । विभागले श्रीराम टोबाको उद्योग प्रालिलाई रु तीन लाख बराबरको जरिवाना गरेको छ ।
यस्तै, एसवीएल प्रोफेसनल प्रालिलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको विभागले जनाएको छ । अधिकतम खुद्रा मूल्य नराखी बिक्री वितरण गरेको पाइएपछि कारबाही गरिएको विभागको भनाइ छ ।
विभागले उपलब्ध गराएको विवरण अनुसार सात वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै, काठमाडौँ र ललितपुरका पाँच वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिमआवश्यक निर्देशन एवम् कारबाही गरिएको जनाएको छ । विभागले असार ३१ गते नौ, ३० गते पनि समान नौ वटा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । केहीलाई सामान्य निर्देशन दिइएको छ भने केहीलाई कागजातसहित आउन भनेको छ ।
यस्तै, असार २९ गते नौ, असार २७ गते पाँच,असार २६ गते १६, असार २५ गते ११ वटा फर्ममा अनुमगन गरी आवश्यक कारबाही गरिएको जनाएको छ ।

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया