बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

नवलपुरको कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। नवलपुरको कावासोती ३ मा निर्माणाधिन नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

निर्माणाधिन सभा हलमा ड्रिल गर्ने क्रममा करेन्ट लागेर बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका २ घर भई हाल कावासोती नगरपालिका २ मा डेरा गरी बस्ने ३५ बर्षीय सरोज थारुको मृत्यु भएको हो। दिउँसो करिब १२:५० बजेको समयमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते सरोज थारुलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

उक्त भवन समानन्तर जे.बि. बुद्ध हिमाली कन्ट्रक्सन प्रा.लि.द्वारा निर्माण जिम्मा लिएको हो । सरकारी भवनको सभाहलमा फर्मा सेटिङको लागि ड्रिल गर्ने क्रममा अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ ।