फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका महत्वपूर्ण राजमार्गहरु यतिवेला लथालिङ्ग अवस्थामा रहेको बताएका छन् । प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।
‘देशका सबै राजमार्गहरुको अवस्था लथालिङ्ग छ, निर्माण कार्य सुस्त छ । एकातिर देशको मुहार फेर्ने राजमार्गहरु सुस्त र गतिहिन हुने, अनि अर्कोतर्फ नेताजीहरुको क्षेत्र र उहाँहरुको स्वार्थमा रफ्तारमा सडक निर्माण हुने, यो दुःखद् कुरा हो । म जान्न चाहन्छु कि महेन्द्र राजमार्गको काम किन स्लो भयो ? हुलाकी राजमार्गको निर्माणकार्य किन गतिहीन छ । बुटवल–नारायणघाट सडक किन रोकिएको छ ?’ आजपा अध्यक्ष साहले सरकारसँग प्रश्न गरे ।
उनले मुग्लिन–पोखरा र मुग्लिन–नौबिसे सडकको पनि उस्तै अवस्था रहेको चित्रण गरे । उनले काठमाडौं–तराई/मधेश द्रूतमार्गको काम किन ढिलो गरिएको भनेर प्रश्न उठाए ।
‘यसको प्रगति के छ ? सरकारी कामको प्रगति देखिन्छ, जुनबेला फास्ट ट्रयाक सुरु भयो, त्यतिबेला नै मध्यपहाडी लोकमार्ग सुरु भयो, यो सडकमा झण्डै १४ सय किलोमिटर सडक पिच भएको सुन्छौं, झण्डै ८५ प्रतिशत प्रगति छ । तर, फाष्ट ट्रयाक एक इन्चपनि पिच हुन सकेन, जो ७० किलोमिटर छ । हामी जान्न चाहन्छौं कि त्यसको प्रगति किन बढ्न सकेन ? किन त्यसमा जहिल्यै पनि विवाद मात्रै सुन्नुपरेको छ । नेपाली सेनालाई जिम्मा दिएको नै ६ वर्ष भैसकेको छ,’ साहले भने ।
उनले नेपाली सेनाको हुर्मत लिने काम भएको भन्दै आपत्ति जनाए । ‘यो फास्ट ट्रयाक निर्माणको काम सेनालाई दिएको नै झण्डै ६ वर्ष भैसक्यो, नेपालको सबभन्दा गौरवशाली संस्था र देशको मेरुदण्ड हो नेपाली सेना । आज सेनाको हुर्मत लिने काम भैरहेको छ । सेनामाथिको विश्वास घटाउने काम भैरहेको छ , नेपाली जनतामा आर्मीप्रति एउटा ठूलो आस्था छ । ठूलो भरोसा छ । तर, यहाँ दुनियाँले नगरेको काम आर्मीलाई दिईएको छ, अनि आर्मीले लिएको कामपनि समयमा हुन सकिरहेको छैन् । यो किन भएन भनेर जान्न चाहन्छौं ?’
उनले सडक बनाउने नाममा सरकारले लुट्ने काम गरिरहेको आरोप लगाए ।

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

माओवादी सांसद पौडेलले गरे गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा माग

संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइयोः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया