संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

सत्तारुढ दलका सांसदहरुले रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति प्रश्न उठाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले आफ्नो धारणा राख्ने र सदन बहिष्कार गर्ने रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति प्रश्न उठाएका हुन् ।
बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सदनमा आएर आफ्नो धारणा राखेर बहिष्कार गर्नुभन्दा सदन बाहिर आन्दोलन गर्न सुझाव दिए । बोल्नका लागि सदन चाहिने र बोलेपछि त्यही सदन बहिष्कार गर्ने नौटंकी भइरहेको उहाले बताउनुभयो । सांसद गिरीले बैठकको सुरुमा अरु पार्टीलाई बोल्न दिएको तर पहिलो र दोश्रो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाए ।
त्यस्तै एमाले सांसद ज्वाला कुमारी साहले एक जना व्यक्तिले गरेको गल्तिका आधारमा सरकारलाई लाञ्छना लगाउने काम गलत भएको बताउनुभयो । मिडियामा प्रचारमा आउन केहि सांसदहरुले सदनमा अनावश्यक कुरा उठाइरहेको उनको भनाइ छ । त्यस्तै बैठकको शून्य समयमा समेत सत्तारुढ दलका सांसदहरुले आफ्नो कुरा राख्ने र सदन बहिष्कार गर्ने कार्य उचित नभएको बताएका थिए ।

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

माओवादी सांसद पौडेलले गरे गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा माग

संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइयोः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया