इटहरीका गिरीको एनआएरन अष्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य समन्वय परिषद् (एससीसी) अन्तर्गत सदस्य पदका लागि आशीष गिरिले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। नेपाली समुदायप्रति प्रतिबद्धता र सक्रियतासहित अग्रसर रहँदै आएका गिरीले आफू एनसडब्लुमा बसोबास गर्ने नेपालीहरूका आवाजलाई संस्थागत रूपमा प्रतिनिधित्व गर्न र सशक्त नेतृत्व विकासमा योगदान गर्न तयार रहेको बताएका छन्।
उनले एनआरएनएको मूल उद्देश्यलाई आत्मसात् गरेर समुदायको हितमा पारदर्शी, समावेशी र दीर्घकालीन परिणाम दिने काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । गिरिले राज्य समन्वय परिषद् सदस्यका रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै समर्थन र सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।
गिरी सिड्नीमा सन् २०१४ देखि बस्दै आएका छन् । अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय उनी सुरुवातदेखि सक्रिय भएर सामाजिक कार्यमा संलग्न छन् । उनी सुनसरी इटहरी उपहमहानगरपालिका १९ का हुन् ।

गैर आवासीय नेपाली संघ दक्षिण सुडानको तेश्रो अधिबेशन सम्पन्न

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

प्रतिक्रिया