जीवनमा बाबुको नियन्त्रण रहुन्जेल गीत नगाउने ब्रिट्नीको घोषणा

लसएन्जल्स : गायिका तथा नायिका ब्रिट्नी स्पेयर्स एक महिनादेखि आफ्नै बुबाविरुद्ध कानुनी लडाइँ लडिरहेकी छिन् । ब्रिट्नीले बुबालाई संरक्षणकर्ताको जिम्मेवारीबाट हटाउन माग गर्दै लसएन्जल्स अदालतमा फिराद गरेकी थिइन् जुन अदालतले मानेन ।
लामो समयपछि चलेको बहसपछि ब्रिट्नीले आफ्नो रोजाइको वकिल राख्नेसम्म अधिकार पाइन् जुन निर्णयबाट ब्रिट्नी खुशी छैनन् । ब्रिटनीले दुई हप्ता अघि अदालतमा आफ्नो कुरा राख्दै आफू ठीक रहेको अभिनय गरे पनि भित्र ठीक नभएको खुलासा गरेकी थिइन् ।
यो क्रममा उनले बुबाका कारण आमा बन्ने अधिकारबाट समेत बञ्चित बताएकी थिइन् । उनको गुहार थियो, बुबालाई सन् २००८ देखि बनाइएको कन्जरभेटरसिपबाट बेदखल गरियोस् ।
तर, अदालतले ब्रिट्नी पूर्णतया निको नभइसकेको प्रमाणलाई विश्वास गर्दै उनको आग्रह खारेज गरेको थियो । अदालतको यो निर्णयले क्षुब्ध बनेकी ब्रिट्नीले आइतबार इन्स्टामा यो निर्णयको आलोचना गर्दै आफ्नो जीवन र कमाइमा बुबाको नियन्त्रण रहुन्जले गीतै नगाउने घोषणा गरेकी छिन् ।
‘यो कन्जरभेटरसिपले मेरा सबै सपना मार्यो,’ इन्स्टामा पोस्ट गरिएको लामो पोस्टमा उनले लेखेकी छिन्, ‘ त्यसैले मसँग अब आस मात्र बाँकी छ ।’ सन् २०१८ देखि सार्वजनिक कार्यक्रममा नदेखिएकी ब्रिट्नीले अगाडि लेखेकी छिन्, ‘ मैले के लाउने, भन्ने, सुन्ने आदि कुराको नियन्त्रण बुबाले गरुन्जेल म स्टेजमा देखिन्न । बरु टन्न मेकअप गरेर स्टेजमा भएको महसुस गरेर बस्छु ।’
यही वर्ष उनको जीवन माथि बनेको डकुमेन्ट्री ‘फ्रेमिङ ब्रिट्नी स्पेयर्स’ सार्वजनिक भएपछि कन्जरभेटरसिपको कुरा सतहमा आएको थियो । ब्रिट्नीको पक्ष लिँदै धेरै हलिउड सेलेब्रिटीले ब्रिट्नीको स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए । अदालतमा विचाराधिन यो मुद्दाको २९ सेम्टेम्बरमा अर्को सुनुवाई तोकिएको छ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया