माओवादी सांसद पौडेलले गरे गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा माग

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा पौडेलले सरकारका मन्त्रीहरु भ्रष्टाचार मुछिएको देखिएको भन्दै गुप्ताको अडियो प्रकरणमा सरकारले आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्रीको शुन्य सहनशीलता र भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धता कहाँ छ भन्दै प्रश्न गरे । यसअघि गोकुल बास्कोटाको अडियो प्रकरण सार्वजनिक हुँदा पदबाट राजीनामा दिएको उनले स्मरण गराए । उनले तत्काल जनताले जानकारी पाउने गरि यस विषयमा प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने धारणा राखे।

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइयोः अध्यक्ष प्रचण्ड

विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि तयारी अवस्थामा छौँः गृहमन्त्र…

प्रभु साहको प्रश्न: तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भ…

संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

प्रतिक्रिया