सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन गर्दै सवै नागरिकलाई गुणस्तरीय र सुलभरुपमा स्वास्थ्य सेवा दिनुपर्ने बताएका हुन् । उनले  नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेको उल्लेख गरे । सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले तीन हजार वर्षभन्दा ऋषि सुश्रुतले सर्जरी गरेको दृष्टान्त रहेको जिकिर गरे । 

कार्यक्रममा भाटभटेनीका संचालक मीनबहादुर गुरुङले सामाजिक काममा अग्रपङ्तीमा रहेर काम गर्ने बताउनुभयो । उहाले आफुले गरेको सहयोगमा कुनै स्वार्थ नरहेको बताए । सो क्रममा प्रधानमन्त्री ओली र भाटभटेनीका संचालक गुरुङले नयाँ भवनको साँचो अस्पताल प्रशासनलाई हस्तान्तरण गरे । भाटभटेनीको सहयोगमा करिव ९ करोड ५० लाख रुपैयामा अस्पताल परिसरमा ई.एच.एस भवन निर्माण गरिएको हो ।