सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

काठमाडौँ- लायन्स क्लब अफ नेपाल हिमालय क्लबले विभिन्न समयमा सामाजिक र मानवीय उत्थानको काम गरिरहेको छ । भूकम्प तथा बाढीपहिरो जस्तो प्राकृतिक दैवीप्रकोप जस्ता घट्नामा समेत क्लबले सहयोग गर्दै आइरहेको छ । क्लबले एक दशकभन्दा अघिदेखि स्वास्थ्य, शिक्षा तथा अन्य विविध क्षेत्रमा काम गर्ने गरेको छ ।
मानवीय स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको क्लबका अध्यक्ष कालिका सेढाईले बताइन् । समाजका लागि स्थापित क्लबले सामाजिक कार्य गर्दै अगाडि बढिरहेको उनले बताइन् ।
क्लबले मन, बचन र कर्मले मनन गरी समाजमा विभिन्न रचनात्मक मानवीय हितका लागि सेवामूलक कार्यहरू सञ्चालन गर्दै आइरहेको उनले बताइन् । समाजमा शिक्षाको ज्योति फैलाउने कार्यमा लायन्स क्लब अफ हिमालय उत्तिकै सक्रिय रहेको उनको भनाइ छ । ‘क्लब सदैव अग्रसर हुँदै विभिन्न स्थानको विद्यालयहरूको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आइरहेको छ,’ सेढाईले भनिन् ।
स्वास्थ्य क्षेत्रको महत्त्वलाई आत्मसाथ निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, रक्तदान, निःशुल्क औषधि तथा उपकरण वितरण आदि स्वास्थ्यसम्बन्धी कार्यक्रम नियमितरूपमा सञ्चालन गर्दै आएको उनले बताइन् ।
क्लबले विभिन्न सामाजिक सङ्घ संस्था र असहायलाई सहयोग र राहत प्रदान गर्दै आएको छ । दृष्टिविहीन, अपाङ्ग र जेष्ठ नागरिक वृद्धवृद्धालाई समयअनुकूल आर्थिक र भौतिक सहयोग समेत गर्दै आएको छ । मानवीय र सामुदायिक सेवामा क्रियाशील सहयोग हातहरू अगाडि बढाउन क्लब सधैँ तयार रहेको उनले सुनाइन् । यसरी मानवीय र सामाजिक सेवा क्षेत्रमा क्लब सधैँ अग्रणी स्थानमा रहेको उनले दाबी गरिन् ।

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया