छाउगोठ नभत्काए १० हजार जरिवाना

दोधारा चाँदनी (कञ्चनपुर)- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए रु १० हजार जरिवाना गर्ने भएको छ । नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ भत्काउन आज सूचना जारी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले भने “सबै वडा कार्यालयलाई वडामा छाउगोठ निरीक्षण गरी पन्ध्र दिनभित्र भत्काउन भनेका छौँ ।” शनिबार वडा नम्बर–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो ।
पक्की घर हुँदाहुँदै आउजी देउता रिसाउने अन्धविश्वासले घरको छेउमै बनाइएको छाउगोठमा बस्दै आएकी थिइन् । कृष्णपुर–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतलले भने–“धेरै छाउगोठ त हामीले भत्कायौँ, त्यो बेला अनेकौँ गाली खायौँ, झगडासमेत भयो । हामीले भत्काएर आएपछि पुनःछाउगोठ बनाइहाले ।”

चुरेमा हात्तीको बथान, बस्तीमा त्रास

घटेनन् कञ्चनपुरमा सवारी दुर्घटना

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_MEez8dHCJ1_xwqshenbkzt22gga3bx1uaxobndk8pflqkioopajrc0nmemufloittz59yjg.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

प्रतिक्रिया