कर्णालीमा संक्रमण घट्यो, जोखिम कायमै

सुर्खेत - निषेधाज्ञा खुकुलो भएसँगै कर्णालीमा कोभिड संक्रमणको जोखिम बढेको छ । पछिल्लो समय सार्वजनिक स्थानहरूमा भिडभाड बढेकाले संक्रमण बढ्न सक्ने देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । वैशाख पहिलो साता संक्रमणदर उच्च विन्दुमा पुगेको कर्णालीमा अहिले संक्रमणदरमा कमी आएको छ । वैशाख पहिलो साता प्रदेशको संक्रमणदर झण्डै ९० प्रतिशत नाघेको थियो भने अहिले २५ प्रतिशतमा झरेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार असार यता भने संक्रमण स्थिर छ ।
निशेषाज्ञा खुकुलो पारिएसँगै कर्णालीमा कोभिड परीक्षण गर्नेको संख्या ह्वात्तै घटेको छ । केही दिनयता प्रदेशमा दैनिक दुई सयको हाराहारीमा मात्र कोरोना परीक्षण हुने गरेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार पछिल्लो समय प्रदेशको संक्रमणदर २५ प्रतिशत रहेको छ । निर्देशक खड्काले परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको बताए ।
पछिल्लो समय संक्रमणदर कम भए पनि जोखिम भने उस्तै रहको खड्काले बताए । ‘अहिले कोरोना संक्रमणदर घटेको छ तर, जोखिम भने कायमै रहेको छ’ निर्देशक खड्काले भने, ‘पछिल्लो समय चेक गर्नेको संख्या घट्दो क्रममा रहेकोले पनि तथ्यांकमा कमी देखिएको छ ।’ निर्देशक खड्काले प्रदेशका सबै पालिकाहरुमा एन्टिजेन परीक्षण भइरहेको जानकारी दिए ।
निषेधाज्ञा खुकुलो पारिएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पालना गरेको पाइँदैन । जसले गर्दा संक्रमण अपेक्षाकृत रूपमा घट्न नसकेको निर्देशनालयले जनाएको छ । अब कोरोना संक्रमणको तेस्रो लहर आउने सम्भावना रहेकाले स्वास्थ्य विज्ञहरूले थप सतर्कता अपनाउनुपर्ने बताएका छन् । निर्देशक डा. खड्काले तेस्रो लहरको पूर्वतयारीका काम भइरहेको जनाए । कार्ययोजना बनाएर प्रदेशभर कोरोना प्रतिकार्यका गतिविधि सञ्चालन हुने निर्देशक खड्काको भनाइ छ ।
प्रदेशमा हालसम्म एक लाख ५९ हजार नौ सय ११ जनाको कोभिड परीक्षण भएको थियो । जसमध्ये २९ हजार दुई सय ८९ जनामा संक्रमण पुुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये २७ हजार दुई सय ९५ जना संक्रमणमुुक्त भएका छन् । कोभिडका कारण कर्णालीमा हालसम्म तीन सय ४७ जनाको ज्यान गएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सबै भन्दा बढी संक्रमणको जोखिममा छ । बढी जनसंख्या र चहलपहल बढ्दो भएकाले यहाँ जोखिम बढी रहेको छ । वीरेन्द्रनगर नगरपालिकाका अनुसार यहाँ परीक्षण गरिएकामध्ये ५० प्रतिशतसम्ममा संक्रमण देखिने गरेको छ ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

प्रतिक्रिया