राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

राप्रपाका असन्तुष्ट नेताहरुले पार्टी अध्यक्षले विधानविपरीतको गतिविधि गरेको भन्दै निर्वाचनमा आयोगमा उजुरी दिएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुन लावतीलाई जिम्मेवारीबाट मुक्त गरेपछि असन्तुष्ट नेताहरुले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।
उजुरी दिनका लागि सुवेदी, अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा, सगुन लावती लगाएतका नेताहरु आयोग पुगेका थिए । निर्वाचन आयोगमा दर्ता गराइएको उजुरीपत्रमा पार्टीको अध्यक्षको एकल निर्णयले पदावधि अगावै हटाउने र हटाएको स्थानमा अर्को व्यक्तिलाई नियुक्त गर्ने अधिकार विधानले नदिएको उल्लेख गरिएको छ ।
अध्यक्षले गरेको कारवाही बदर गरी अनुशासन समितिको अध्यक्ष पदमा यथावत् बहाली हुने गरी उपयुक्त निर्णय एवं निर्देशन जारी गर्न सुवेदीले आयोगसमक्ष अनुरोध गर्नुभएको छ । आयोगमा उजुरी दर्ता गरेपछि अनुशासन समिति अध्यक्षबाट पदमुक्त हुनुभएका सुवेदीले पार्टी अध्यक्षले आफूलाई जानकारी नदिइ पदबाट हटाउदा अन्याय भएकाले आयोगमा उजुरी दिन आएको बताउनुभयो । पार्टी फुटोस् भन्ने आफ्नो चाहना नभएको भन्दै उहाले पार्टीभित्र भइरहेको षड्यन्त्रबिरुद्ध आवाज उठाएको जिकिर गरे ।
त्यस्तै राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले विधानबिपरितको निर्णय कुनै हालतमा मान्य नहुने उल्लेख गर्नुभयो । आफुहरु एकताबद्ध पार्टी बनाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै उहाले राजसंस्थाको पुनस्र्थापनाका लागि भइरहेको आन्दोलन निष्कर्ष पुराउने दावी गरे ।
त्यस्तै प्रवक्ताको जिम्मेवारीबाट हटाइएका राप्रपाका नेता सगुन लावतीले अध्यक्षको निर्णयले आफुहरुमाथि अन्याय भएकाले आयोगमा आउनुपरेको धारणा राख्नुभयो । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले प्राप्त निवेदनमाथि अध्ययन गरेर आवश्यक निर्णय लिइने जानकारी दिए ।
असार २५ गते राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम भन्दै सुवेदीलाई हटाउदै रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गरेका थिए ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

प्रतिक्रिया