जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

धादिङ- जग्गा किर्तेमा संग्लग्न नेकपा एसवाट निर्वाचित वडाध्यक्ष पक्राउ परेका छन् ।
धुनिवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको हो ।
सुवेदीमाथि सार्वजनिक किर्ते मुद्दा लागेपछि बिगत ७ महिनादेखि फरार रहेका थिए । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारिदिएका थिए । वडाध्यक्षको संलग्नताले बनाइदिएको नागरिकताको आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको खुलेपछि सोही अभियोगमा जिल्ला अदालत धादिङमा वडा अध्यक्ष सुवेदीमाथि मुद्दा दर्ता भएको थियो ।
प्रहरीको खोजी सूचीमा रहेका सुवेदीलाई काठमाडौँमा पक्राउ गरेपछि थप अनुसन्धानका लागि धादिङ लगिएको छ । सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तथा २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भई वडाध्यक्षको रूपमा कार्यरत थिए ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा पक्राउ

प्रतिक्रिया