फ्रान्स–बेलायत आप्रवासी सम्झौता बारे ईयूले मूल्यांकन गर्ने

ब्रसेल्स, बेल्जियम- फ्रान्स र बेलायतबीच आप्रवासी फिर्ता पठाउने विषयमा हालै भएको सहमति सम्बन्धमा युरोपेली आयोग (ईयू) ले मूल्यांकन गर्ने जनाएको छ । आयोगले सम्झौताको कार्यान्वयन अघि त्यसका ठोस प्रावधानहरूको विस्तृत अध्ययन गरिने स्पष्ट पारेको छ ।
युरोपेली आयोगका प्रवक्ता मार्कुस लामेर्टले भने, “फ्रान्स र बेलायतबीच प्रस्तावित सहकार्यका बुँदाहरूको आयोगद्वारा मूल्यांकन गरिनेछ ।”
उनले हाल अंग्रेजी च्यानलमार्फत भइरहेको अवैध आप्रवासनलाई ‘चिन्ताजनक’ भन्दै, यस्ता खतरनाक यात्रा रोक्न ‘दृढ र समन्वित उपाय’ आवश्यक रहेको पनि बताए ।
तर यो प्रस्तावले युरोपेली संघका केही सदस्य राष्ट्रहरूमा गम्भीर चिन्ता उत्पन्न गराएको छ । हालसम्म यस वर्ष मात्रै २१ हजार भन्दा बढी आप्रवासी सामान्य डुंगामार्फत बेलायत पुगेका छन् । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_InKfj0RDPC_xdfoueh7qizwzjnkpytafxvznw2fkzcfe5cm7sslrnkc8x53trf2defrsqal.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया