भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

काठमाडौँ- फेसन, सङ्गीत र ग्रीष्म ऋतुको ऊर्जा आज उत्तर ढोका, हेरन्याको छेउमा रहेको "दि बिच हाउस" मा आयोजित VS Beach Runway 2025 मा एकसाथ मिसिएको छ। सुर्यास्तको पृष्ठभूमि र सिर्जनात्मक लहरहरूसँग यो विशेष कार्यक्रम काठमाडौं शहरको सबैभन्दा स्टाइलिश क्षण बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको आयोजना मिस ग्रान्ड नेपाल १st रनर-अप वर्षा भण्डारी ले गरेकी हुन्, जो अहिले कोरियोग्राफर तथा इभेन्ट डाइरेक्टरको भूमिकामा प्रस्तुत छिन्। उनी आफ्नो स्टेज र स्टेजबाहिरको उपस्थिति मार्फत उच्च फेसन र बिचको चिल्ड वातावरणलाई संयोजन गर्दै नयाँ प्रकारको रनवे ग्ल्यामर प्रस्तुत गर्दैछिन्।
शोमा तीन फरक सिक्वेन्समा १३ जना मोडलहरू प्रस्तुत हुने छन्। जसमा विशेष आकर्षणको रूपमा प्रेमा लमगडे, सम्पदा घिमिरे (मिस युनिभर्स नेपाल २०२४) र स्मृति सिंहको क्याटवाक प्रस्तुत गरिनेछ।
रातभर कार्यक्रमको आकर्षक होस्टको रूपमा सरीषा श्रेष्ठ प्रस्तुत हुनेछिन्, जसले दर्शकलाई एक अविस्मरणीय फेसन यात्रामा लैजानेछिन्।
रनवेमा प्रस्तुत हुने डिजाईनहरू नमुना कलेज अफ फेसन टेक्नोलोजी का ग्र्याजुएट र स्टाइलिस्ट अनुज नगरकोटी ले तयार पारेका छन्। साथै, Diara र FOG Wear ब्रान्डका बोल्ड र आधुनिक लुकहरू पनि प्रस्तुत गरिनेछ।
कार्यक्रमको सफल सञ्चालन सुनिश्चित गर्न मन्चिन शाक्य शो कोअर्डिनेटरको रूपमा प्रस्तुत छन्, जसले रिहर्सलदेखि अन्तिम वाकसम्म सम्पूर्ण प्रवाहलाई व्यवस्थापन गर्नेछन्।
संगीतको पक्षलाई अझ विशेष बनाउन डिजे फिन्जोक को प्रस्तुतिमा लाइभ स्याक्सोफोन बजाइनेछ, जसले फेसन, रिदम र ग्रीष्मको ऊर्जा मिसाउँदै अविस्मरणीय अनुभव दिनेछ।
शीर्ष इन्फ्लुएन्सर, फेसनप्रेमी र मिडियाको उपस्थितिमा VS Beach Runway 2025 केवल फेसन शो मात्र नभई स्टाइल, सशक्तता र कलात्मक अभिव्यक्तिको उत्सव पनि हो।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

प्रतिक्रिया