सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

आज पहिलो साउने सोमबार, शिवलिङ्गमा बेलपत्र चढाइँदै

पवित्र तीर्थस्थल देवघाटधाममा स्थानपश्चात् नारायणी नदीकिनारमा रहेको शिवलिङ्गमा बेलपत्र चढाउँदै तीर्थालु । देवघाटमा स्नान गरेपछि भगवान् शिवको पूजा गरेर शिवलिङ्गमा बेलपत्र चढाउँदा मोक्ष प्राप्त हुने जनविश्वास छ । तस्वीरः टेकराज पोखरेल/रासस

काठमाडौँ - भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमबार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ । कोभिडका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति छ । बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरू शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए । 

मूल मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन् । तर भक्तजनहरूले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् । मन्दिर परिसरमा पुगेका मानिसहरुले भने कोभिड महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्छ । 

त्यहाँ उपस्थित भक्तजनहरूले भौतिक दूरी पालन गरेका थिएनन् । कतिपयले त मास्क समेत नलगाएको देख्न सकिन्छ । सूर्य मिथुन राशी भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन सुरु भएको यो महिनामा भक्तजनहरू महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । यसो गरेमा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।


पवित्र तीर्थस्थल देवघाटधाममा स्थानपश्चात् नारायणी नदीकिनारमा रहेको शिवलिङ्गमा बेलपत्र चढाउँदै तीर्थालु । देवघाटमा स्नान गरेपछि भगवान् शिवको पूजा गरेर शिवलिङ्गमा बेलपत्र चढाउँदा मोक्ष प्राप्त हुने जनविश्वास छ । तस्वीरः टेकराज पोखरेल/रासस

नवलपुर, चितवन र तनहुँमा पर्ने देवघाटधाममा श्रावण स्नान गर्दै तीर्थालु । देवघाटधाममा श्रावणको सोमबार स्नान गरेर भगवान् शिवको पूजा गरेपछि पुण्य प्राप्त हुने विश्वासका साथ देशका विभिन्न स्थानबाट यहाँ तीर्थालु आउने गर्दछन् ।

रुपन्देहीको सैनामैना नगरपालिका– १ स्थित पर्रोहा परमेश्वर ज्योर्र्तिलिङ्ख बोलबम धाममा सहभागी भक्तजन । कोरोना सङ्क्रमण हुने भयले यसपटक भीडभाड कम देखिएको छ । तस्वीर: युवराज पाण्डे/रासस