सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

काठमाडौँ- मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रुटि भएको भन्ने विषयका सम्बन्धमा छानबिन गर्न छ सदस्यीय कार्यदल गठन भएको छ । सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा भएको गठन भएको समितिमा सत्तापक्ष, प्रतिपक्ष तथा सरकारका मन्त्रीको सहभागिता रहेको जनाइएको छ ।
समितिमा प्रमुख प्रतिपक्षी दलबाट जसपा नेपालका प्रमुख सचेतक रामअशीष यादव, प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव रहेको सभामुख मण्डलले जानकारी गराए ।
प्रतिपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् । रासस

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने

प्रतिक्रिया