पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

काठमाडौँ- फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
स्पेनिस महारथी रियल म्याड्रिडलाई ४–० ले हराउँदै फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
बुधबार राति न्यू जर्सीसिथ्त मेटलाइफ रंगशालामा सम्पन्न खेलमा पिएसजीलाई जित दिलाउन मिडफिल्डर फाबियन रुइजले २ तथा ओसामान डेम्बेले र गोन्सालो रामोसले समान एक गोल गरेर क्लबलाई विश्वकपको फाइनलमा प्रवेश गराएका हुन् ।
पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा थप एक गोल हाने पछि रियाल म्याड्रिड शुन्य गोलबाट बाहिरिनु परेको हो ।
यो जितसँगै पिएसजी सिजनको पाँचौ उपाधिको नजिकसमेत पुगेको छ । पिएसजीले यो सिजन घरेलु लिग, लिग वान, घरेलु प्रतियोगिता कोपा डे फ्रान्स, ट्रफी डेस च्याम्पियन्स र च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ।
यो हारसँगै रियाल भने यो सिजनमा उपाधिविहीन बनेको छ ।
अब पिएसजीले आइतबार उपाधिका लागि इङ्लिस क्लब चेल्सीको सामना गर्नेछ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

प्रतिक्रिया