अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ

लागोस- संयुक्त राज्य अमेरिकाले नाइजेरियाली नागरिकहरूलाई प्रदान गरिने अस्थायी बसोबास अनुमति अब तीन महिनामा सीमित गर्ने निर्णय गरेको छ । अबुजास्थित अमेरिकाको दूतावासले मङ्गलबार जारी गरेको सूचनामा सो कुरा उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, “अबदेखि अधिकांश गैर–आवासीय तथा गैर–कूटनीतिक आगन्तुक अनुमति पत्रहरू तीन महिनासम्म मात्र मान्य हुनेछन् ।”
यो निर्णय अमेरिकाले विभिन्न मुलुकहरूमाथि लागू गर्दै आएको आपसी आगन्तुक नीति पुनरावलोकन अन्तर्गत ल्याइएको हो ।
यसअघि नाइजेरियाली नागरिकहरूले आफ्नो भ्रमणको उद्देश्यअनुसार विभिन्न समयावधिका आगन्तुक अनुमतिपत्रहरू पाउने गर्थे ।
गत महिनामात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चिन्ता र अपर्याप्त छानबिन प्रक्रियाको आधारमा १२ मुलुकका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाउने घोषणा गर्नुभएको थियो, जसमा अधिकांश अफ्रिकी मुलुकहरू रहेका छन् ।
रोक लगाइएका मुलुकहरूमध्ये चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सोमालिया र सुडान पनि पर्दछन् । प्रतिबन्धको जवाफस्वरूप चाडले तुरुन्तै अमेरिकी नागरिकहरूलाई अनुमतिपत्र दिन रोकेको छ ।
हालसम्म नाइजेरियाले उक्त निर्णयप्रति कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, गत महिनामा नाइजेरियाका परराष्ट्र मन्त्रीले यस्ता प्रतिबन्ध र करहरूले पश्चिम अफ्रिकासँग हुन सक्ने व्यापार सम्झौतामा, विशेषगरी दुर्लभ खनिज र ऊर्जा क्षेत्रमा, नकारात्मक असर पार्ने चेतावनी दिएका थिए । (एएफपी)

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_p4yEfBh6Cc_pbglltkbo70shrtt0naftrbwd4h9jzlqjkxpdneiiwn1zm5d3pl5kzsdys8q.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

फ्रान्स–बेलायत आप्रवासी सम्झौता बारे ईयूले मूल्यांकन गर्ने

गाजामा अमेरिकी नीति आलोचना गर्दा प्रतिबन्ध: अभिव्यक्ति स्वतन्त्रताको प्रश्न उठ्दै

प्रतिक्रिया