गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजा सिटी- गाजाको नागरिक सुरक्षा निकायले बुधबार इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । मृतकमध्ये कम्तीमा छ जना बालबालिका रहेका छन् ।
एजेन्सीका प्रवक्ता महमुद बस्सालका अनुसार, खान युनिसको पश्चिमी क्षेत्रमा पर्ने अल–मावासी क्षेत्रमा एकै परिवारका १० जना सदस्य एकै आक्रमणमा ज्यान गुमाएका हुन् । अर्को हवाई आक्रमण गाजा सिटीको नजिकैको अल–शाटी शरणार्थी शिविरमा भएको थियो, जहाँ १० जना मारिएका र ३० भन्दा बढी घाइते भएका छन् । बस्सालका अनुसार, अल–शाटीमा मारिएका व्यक्तिहरू दुई फरक परिवारका हुन् ।
इजरायली सेनाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
“विस्फोट यति ठूलो थियो कि भूकम्पजस्तै महसुस भयो,” प्रत्यक्षदर्शी ४० वर्षीय जुहेयर जुडेहले भने ।
यी आक्रमण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वाशिंगटनमा गाजामा हमासविरुद्ध जारी सैन्य अभियानबारे छलफल भइरहेका बेला भएका हुन् ।
“अब त हामीसँग भगवान् बाहेक अरू केही बाँकी छैन,” ३६ वर्षीया अबीर अल–शर्बासीले आक्रमणपछि भने ।
गाजा सिटीको अल–शिफा अस्पतालमा सयौं जना शोकमा डुबेका नागरिक आफ्ना प्रियजनको अन्तिम विदाइमा सहभागी भएका थिए । अस्पतालका निर्देशक मोहम्मद अबु सलमियाले बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै इन्धन अभावका कारण अस्पताल केही घण्टाभित्रै सेवा बन्द हुने चेतावनी दिए ।
इजरायली आक्रमण र आपूर्ति प्रतिबन्धका कारण गाजाको स्वास्थ्य प्रणाली निकै संकटमा परेको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार २१९ जनाको मृत्यु भएको थियो, जसमा धेरैजसो सर्वसाधारण थिए । सोही घटनामा अपहरण गरिएका २५१ जनामध्ये अझै ४९ जना गाजामै बन्धक छन्, जसमा २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।
इजरायलको प्रतिआक्रमणमा अहिलेसम्म गाजामा ५७ हजार ६८० भन्दा बढी मानिस मारिएको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघले यी तथ्याङ्कलाई विश्वसनीय मानेको छ । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया