शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने

काठमाडौँ- आज अर्थ समितिको बैठक दुई दुई पटक बस्दैछ ।

संघीय संसद अन्तर्गतको सो समितिको बैठक एकै दिन दुई पटक बस्न लागेको हो । 

जसअनुसार पहिलो सत्रको बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गरिनेछ ।

उता दोस्रो सत्रको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल गरिनेछ । जुन बैठक दिउँसो १:०० बजे बोलाइएको छ।