पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए अमेरिकाले भिसा नदिने

काठमाडौं- अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । भिसा आवेदकले आफूले पाँच वर्षदेखि प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जालबारे जानकारी दिनुपर्ने भएको छ । नेपालस्थित अमेरिकी दुतावासले एक सूचना जारी गर्दै भिसा आवेदकले सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुन सक्छ र भविष्यमा पनि अमेरिकाको भिसाका लागि अयोग्य ठहरिन सक्ने चेतावनी दिएको छ ।
अमेरिकी भिसाको डिएस १६० फारममा हाल नयाँ सुरक्षासम्बन्धी मापदण्ड लागू गरिएको हो । आवेदनकर्ताहरूले विगत पाँच वर्षभित्र प्रयोग गरेका सबै सामाजिक सञ्जाल प्लेटफर्महरू र ती प्लेटफर्ममा प्रयोग भएका ह्यान्डल वा प्रयोगकर्तानामहरू पूर्ण रूपमा उल्लेख अनिवार्य भएको छ । आवेदन फारम हस्ताक्षर गरी पेश गर्नु अघि आवेदकहरूले आफूले दिएको सम्पूर्ण जानकारी सही र सत्य भएको प्रमाणित गर्नुपर्छ।

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

प्रतिक्रिया