प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

बागमती- बागमती प्रदेश सरकारले मकवानपुरको बकैयाँ गाउँपालिका–४ छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयलाई बस प्रदान गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु २५ लाख मूल्य बराबरको बस हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक देवकी सिग्देलले जानकारी दिए ।
दुर्गम गाउँमा बस्ने विद्यार्थीलाई दुई घण्टासम्म हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेकाले विद्यालयको आग्रहमा प्रदेश सरकारले उक्त बस खरिद गरेर हस्तान्तरण गरेको प्रअ सिग्देलले बताए । प्रदेश सरकारबाट हस्तान्तरण भएको बस विद्यालयबाट हर्दा, सुकौरा हुँदै मोक्तानसरासम्म पुग्ने प्रअ सिग्देलले जानकारी दिए । त्यस क्षेत्रबाट करिब २०० बढी विद्यार्थीहरु आउने गरेको विद्यालयले जनाएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

प्रतिक्रिया