सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

कटारी (उदयपुर)- जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । आज प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो ।
वर्षातको मौसम भएकाले कुनै पनि समयमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ । यस्तो अवस्थामा अति आवश्यक नपरी हिंडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मुल सडक, सहायक सडक मार्गमा सवारी साधन चलाउँदा सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।
---

कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

कमला नदीमा दुई लाख माछाका भुरा छोडियो
सुई नपाउँदा छटपटिन्छन्, ‘हेमोफिलिया’का बिरामी

गोरखा बजारमा खानेपानीको अभाव : राज्यको ४४ करोड बालुवामा पानी

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि …

आज विश्व जनसङ्ख्या दिवस, विश्वको जनसङ्ख्या सन् २०३० मा आठ अर्ब ५० करोड पुग्ने

कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

प्रतिक्रिया