विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । बुधबार अदालतमा एक कार्यक्रमको आयोजना गर्दै अदालते प्रवाह गर्दै आएको सेवाहरुको मूल्याङ्कन गरि एनएस÷आइएसओ ९००१ः२०१५ प्राप्त गरेको जनाएको हो ।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले न्यायसम्पादन भन्दापनि प्रशासनको कार्यमूल्याङ्कनका आधारमा आइएसओ प्रमाणपत्र प्राप्त भएको जानकारी दिए । आइएसओ प्रमाणपत्र प्राप्त गर्नु महत्वपूर्ण सफलता भएको भन्दै उन ले आगामी दिनमा अदालतको प्रशासनलाई थप चुस्ततुरुस्त बनाउदै अघि बढ्ने प्रतिवद्धता जनाए । अध्यक्ष कुँवरले विशेष अदालतले म्याद तामेली र फैसला कार्यान्वयनमा जोड दिएको जानकारी दिए ।
विशेष अदालतले चालू आर्थिक बर्षको असार २५ गतेसम्म २०६ मुद्दाको लगतमध्ये १२३ वटा फछ्यौट भइसकेको जानकारी गराएको छ । जसमा लक्ष्य अनुसारको फछ्र्यौट प्रगति ७१ दशमलव ९२ प्रतिशत रहेको अदालतका अध्यक्ष कुँवरले जानकारी दिए । आगामी दिनमा अदालतलाई पेपरलेस बनाउने, मुद्दा दर्ता हुनासाथ स्क्यानिङ्ग गरि डिजिटल फाइल बनाउने, कानूनको म्यादभित्र मुद्दा फछर्यौट कार्यलाई निरन्तरता दिने अदालतले जनाएको छ ।

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छा…

न्याय परिषद्लाई बारको ध्यानाकर्षण

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद, २ करोड ३० लाख जरिवाना

प्रतिक्रिया