शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको हुँ

रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर आफूले नभनेको स्पष्ट पारेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा गौतमले आफूले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको र प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा गएका अन्य व्यक्तिहरु चाहि नफर्किएको धारणा राखेको स्पष्ट पारेकी हुन् ।

स्पेनमा प्रधानमन्त्री सहभागी भएको कार्यक्रम निकै ठूलो भएकाले सो कार्यक्रममा बिभिन्न संघसंस्थाबाट नक्कली कागजात बनाएर थुप्रै नेपालीहरु गएको उनले बताइन् । उनले मंगलबार आफूले संसदमा राखेको धारणालाई नबुझेर बिभिन्न टिकाटिप्पणी भएकोप्रति आपत्ति जनाउनुभयो । आफ्नो भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको माग प्रति सांसद गौतमले नेपाली भाषा नबुझेर भएका अपव्याख्या आफ्नो समस्या नभएको र रेकर्डबाट हटाउनुपर्ने कुनै कारण नरहेको जिकिर गरिन्।

त्यस्तै उनले भिजिट भिसा प्रकरणमा सरकारले स्वार्थ बाझिनेगरि समिति बनाएकाले आफुहरुको निरन्तर विरोध रहेको बताइन् ।

बैठकमा एमाले सचेतक सुनिता बरालले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे अपवाह फैलाउने काम भएको बताइन् । उनले संसदमा हेक्का राखेर बोल्न चूनौति दिदै भाषाको ज्ञान र परिभाषा सिकाउन परे तयार रहेको जवाफ दिनुभयो । बरालले संसदमा तथ्यका आधारमा बोल्न सुझाव दिइ्न। आफ्ना धारणा राखेर रास्वपा सांसदहरु बाहिरिएपछि बरालले आफ्ना कुरा राख्ने तर अरुको कुरा नसुन्ने धैर्यता नभएको भन्दै आपत्ति जनाइन् । 

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…

मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्यानाकर्षण

मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्…