जुम्लामा चट्याङबाट १९७ भेडा मरे

जुम्लामा चट्याङबाट १९७ भेडा मरेका छन्। जिल्लाको गुठीचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमबार दिउँसो ४ः३० बजे चट्याङ पर्दा १९७ भेडा मरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए।
‘पाटनमा छ जना किसानका भेडा मरेका रहेछन्। कुन किसानका भेडा कति मरे भन्ने तथ्याङ्क सङ्कलन भइरहेको छ’, प्रनाउ रेग्मीले भने, ‘पाटनमा चरिरहेका भेडाको बथानमा चट्याङ परेको भन्ने खबर प्राप्त भएको छ।’
सुरक्षा निकाय र स्थानीयवासीको टोली घटनास्थल पुगेर चट्याङले मरेका भेडाको गणना भइरहेको उपरीक्षक रेग्मीले बताए। उनका अनुसार चट्याङले घाइते भएका सिंजा गाउँपालिका भाडगाउँका ५२ वर्षका धनबहादुर रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते रावतको स्वास्थ्य अवस्था सामान्य रहेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। रासस

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

प्रतिक्रिया