'महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्छ'

उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति, काठमाडौंले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले राष्ट्रिय महिला फुटबल टोलीले राम्रै खेल प्रदर्शन गरिरहेको भन्दै प्रशिक्षकको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्ने बताएका हुन् । उनले अन्य देशबाट आएका प्रशिक्षकहरुको असन्तुष्टिलाई सम्बोधन गर्न नसके त्यसले खेल क्षेत्रलाई नै असर गर्ने धारणा राखे ।
एन्फाको व्यवस्थापन र व्यवहारबाट प्रशिक्षक वाइल्डले असन्तुष्टि जनाएका थिए । मुलुकको प्रतिकुल अवस्थामा समेत खेलाडीहरु र प्रशिक्षकले खेल क्षेत्रलाई अघि बढाउन खेलेको भूमिका निकै महत्वपूर्ण रहेको उनले बताए । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति, काठमाडौंले असार २६ देखि २८ गतेसम्म तारकेश्वर नगरपालीका धर्मस्थलीमा चौथो बागमति प्रदेश स्तरीय खुला लिग तेक्वान्दो प्रतियोगीता हुने जनाएको छ ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया