शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

'भोटेकोसीमा आएको बाढीका कारण २४० मेगावाट विद्युत उत्पादन बन्द'

नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहान रसुवाको भोटेकोसीमा आएको बाढीका कारण २४० मेगावाट विद्युत उत्पादन बन्द भएको जनाएको छ । 

आफ्नो सय दिनको कार्यप्रगतिका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण प्राधिकरणको २३० मेगावाट र निजी क्षेत्रले मैलुङ खोलाबाट उत्पादन गर्दै आएको १० मेगावाट गरि २४० मेगावाट विद्युत उत्पादन बन्द भएको जानकारी दिए । बाढीकै कारण सबै भन्दा क्षति १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा उहाले जानकारी दिए । त्यस्तै ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा पनि धेरै क्षति पुगेको शाक्यले बताउनुभयो । अन्य आयोजनाबाट बाढी घट्नेबितिकै उत्पादन सुरु हुने भएपनि रसुवागढी र त्रिशूली थ्री ए बाट विधुत उत्पादन गर्न केहि समय लाग्ने देखिएको उनले जानकारी दिए ।

त्यस्तै आफ्नो सय दिनको कार्यका बारेमा जानकारी गराउँदै कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको १४ अर्ब भुक्तानी दायित्व रहेकाले छोटो समयका लागि केहि लिन लागिएको बताउनुभयो । उहाले रकम अभावकै कारण हेटौडा–ढल्केवर प्रसारण लाइन निर्माणको कार्य अघि बढाउन नसकिएको जिकिर गरे ।

उनले आफ्नो कार्यकालको सय दिनमा प्राधिकरणको आधारभूत सुधार र दीर्घकालीन योजनाको थालनी गरेको भन्दै यसलाई तीव्र गतिमा अघि बढाइने बताए  । त्यस्तै गुणस्तरीय विश्वसनीय र भरपर्दो विधुत आपूर्तिको व्यवस्था मिलाउन निजगढ–पोखरीया, बालाजुदेखि महराजगंज हुँदै सिंहदरबार, दुधकोशी प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु गरिएको उनले उल्लेख गरे ।