शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

प्रधानमन्त्री ओलीले रसुवा भोटेकोशीमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका सरकारी प्रतिनिधिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुराएको जनधनको क्षतिको स्थलगत निरीक्षण गर्ने भएका छन् । 

प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगाएतको टोली मंगलबार नै रसुवा पुगेर जनधनको क्षतिको स्थलगत निरीक्षण गर्न लागेको हो । गृहमन्त्री रमेश लेखकले रसुवामा निकै क्षति पुर्याएको बताउनुभयो । पहिले स्थलगत निरिक्षण गरेपछि फर्केर बैठक बसि आवश्यक निर्णय लिइने उनले जानकारी दिए ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल–चीन नाकाको मितेरी पुल बाढीले बगाएको छ भने १८ जना व्यक्ति बेपत्ता भएका छन् ।