उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान
काठमाडौँ- रसुवामा आएको बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार तत्काल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारसँग माग गरेको छ । गएराति रसुवामा बाढी आउँदा १८ जना बेपत्ता छन् ।
'बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारमा द्रुत एकीकृत पहल गर्न तथा प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, औषधि–उपचार र अस्थायी बसोबासको भरपर्दो व्यवस्था मिलाउन सरकार समक्ष आग्रह गर्दछौं' रास्वपाका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
'नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि जीवनरेखा मानिने रसुवागढी नाकाको मितेरी पुल र सुख्खा बन्दरगाहमा भएको क्षतिले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पार्ने भएकाले प्राविधिक मूल्यांकन गरी पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने गरी स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकार समक्ष आग्रह गर्दछौं' विज्ञप्तिमा लेखिएको छ'भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक प्राविधिक सहकार्य तथा पूर्वसूचना प्रणाली जडानका लागि चिनियाँ पक्षसँग उच्चस्तरीय कूटनीतिक संवाद अगाडि बढाउन पनि सरकारलाई ध्यानाकर्षण गराउँदछौं ।'
नदी तटीय क्षेत्रमा रहेका बस्ती, पुल, सडक र अन्य महत्वपूर्ण संरचनाहरूको भौगर्भिक तथा वातावरणीय जोखिम मूल्यांकन गरी विपद् प्रतिरोधी मापदण्ड कडाइका साथ लागू गर्न सरकार चुकेको रास्वपाले जनाएको छ । साथै यसप्रति गम्भीर हुन आग्रह गरेको छ ।
भोटेकोशी लगायत देशका अन्य नदी तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन र सरकारी निकायले जारी गरेका सूचनालाई पालना गर्न अनुरोध गरेको छ ।
त्यस्तै रसुवासहित अन्य स्थानमा भएका प्राकृतिक विपद्का घटनाका प्रभावितको उद्धार, राहत र अन्य मानवीय सहयोगमा स्थानीय प्रशासनसँग समन्वय गरी सक्रियतापूर्वक जुट्न पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
विपत्तिको सामना तथा प्रभावितको उद्धार, राहत र पुनःस्र्थापनाको कार्यमा पार्टीको तर्फबाट सरकारलाई पूर्ण रचनात्मक सहयोग रहने प्रतिबद्धता जनाएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया