रसुवामा रहेका व्यापारी भन्छन्- गाडि जोगाउन खोज्दा ड्राइभरहरू बगेका छन्, छिट्टै उद्धार होस्
काठमाडौँ- रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । गएराति आएको बाढीले पुल बगाउँदा रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
त्यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका गाडी पनि अधिकांश बाढीले रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।
बाटो नभएका कारण स्याब्रुबेसीबाट अगाडि जाने ठाउँ नभएको रसुवा नाकाबाट काम गर्दै आएका सिन्धुपाल्चोकका व्यापारी सुरज तिमिल्सिनाले इकागजलाई बताए । उनका अनुसार पुल बगाएपछि न वारीबाट पारी जान सकिएको छ न पारीबाट वारी आउन नै सकिएको छ ।
उनका अनुसार गएराति सवा ३ बजे बाढी आएको थियो । मितेरी पुलमुनिको ठाडो खोलामा लेदो आएर क्षति गराएको हो ।
'१०० भन्दा बढी इभी गाढी बगाएको छ । १२/१५ वटा ट्रेलर बगाएको छ' तिमिल्सिनाले इकागजसँग भने 'सामान लोड भएका २०/२५ वटा कन्टेनर पनि बगाएको छ ।'
गाडि जोगाउन खोज्दा ड्राइभरहरूलाई पनि बगाएको उनले बताए । 'कतिपय घाइते अवस्थामा भेटिएको छ । कतिपयलाई बगाएको छ' तिमिल्सिनाले भने ।
त्यहाँ अझै उद्धार हुन नसकेको उनले गुनासो गरे । छिटोभन्दा छिटो उद्धारको आवश्यक रहेको उनले बताए ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया